काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादमाथि पन्जाब किङ्सले रोमान्चक जित निकालेको छ ।
दुबईको सारजाह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा हैदरवादलाई ५ रनले हराउँदै पन्जाबले रोमान्चक जित निकालेको हो।
पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २० रन बनाउन सक्यो । हैदरवादका लागि जेसन होल्डरले अविजित ४७ रन बनाए ।
undefined
पन्जाबका रबि बिश्नोईले ३ तथा मोहमद शामीले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
पन्जाबका लागि एडिन मार्क्रमले २७ र कप्तानकेएल राहुलले २१ रन बनाए । हैदरावादका जेसन होल्डरले ३ विकेट लिए ।
यस जितसँगै पन्जाबले १० खेलमा ८ अंक जोड्दै अंक तालिकाको पांचौं स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा २ अंक मात्र जोड्न सकेको हैदरावाद अंक तालिकाको पुछारमा रहेको छ ।