Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीमा अदालतभित्रै गोली प्रहार, वकिलको भेषमा छिरेको समूहद्वारा न्यायाधीशकै अगाडि हत्या


    शुक्रबार, असोज ८ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतको राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतभित्रै एक समूह प्रवेश गरी न्यायाधीशकै अगाडि गोली प्रहार गरेको छ । वकिलको भेषमा छिरेको टिल्लू ग्याङले न्यायाधीशकै आगाडि गोली चलाएको हो ।

    भारतीय संचारमाध्यमका अनुसार उक्त समूहले गोली हानेर ग्याङस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । गोली प्रहारबाट गोगीसमेत तीनजना मारिएका छन् । अदालतमा तैनाथ प्रहरीको जवाफी कारबाहीमा गोगीमाथि गोली प्रहार गर्ने द्ुवै जना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् ।

    नवभारत टाइम्स हिन्दीको अनलाइन संस्करणमा उल्लेख छ– दिल्लीको रोहिणी अदालतमा गोलीकाण्डको घटना भएको चौथोपटक हो । ६ लाख ५० हजार इनाम घोषणा गरेका मष्ट वान्टेड गोगीलाई दिल्ली प्रहरीले गत मार्चमा गुडगाउँबाट पक्राउ गरेको थियो । 

    भारतीय संचारमाध्यमका अनुसार राइवल टिल्लू ग्याङका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । गोली प्रहारका बारेमा अनुसन्धान भइरहेको दिल्ली प्रहरीले जनाएको समाचारमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार