Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?


    शुक्रबार, असोज ८ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाले घटेको हो । यसअघि बुधबार तोलामा ९ सय रुपैयाले सुनको मूल्य बढेको थियो । 
     
    बिहिबार प्रतितोला ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
     
    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार