काठमाडाैं । बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग छलफल गरेर यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।
यो निर्णयसँगै तोकिएको मितिदेखि धमाधम टिकट बुकिङ गर्न सकिन्छ ।
यस्तै सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन ।
व्यवसायीहरुले भाडा समायोजन तत्काल कार्यान्वयनमा आउनुपर्ने माग राख्दै आएका छन् ।
यस्तो छ भाडा दर:
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, ०८:१४:००