एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।
युएईमा जारी लिगको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लेको हो।
हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट क्षतिमा पुरा गर्यो।
undefined
लक्ष्य पछ्याउने क्रममा ओपनर पृथ्वी शावले ११, शिखर धवनले ४२ र श्रेयस ऐयरले अविजित ४७ तथा ऋषव पन्तले अविजित ३५ रन बनाए।
यसअघि टस जितेर ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । उसको लागि अब्दुल समदले सर्वाधिक २८ तथा राशिद खानले २२ रन योगदान दिए ।
दिल्लीको बलिङमा कागीसो रबाडाले ३ तथा एनरिक् नोर्किया र अक्षर पटेलले समान २ विकेट लिए।
undefined
जितपछि अंकतालिकामा दिल्ली १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ। उसले ९ खेलमा ७ जित र २ हार बेहोरेको छ । पराजित हैदरावाद ८ खेलमा ७ हार र १ जितको साथ २ अंक बटुल्दै पुछारमा रहेको छ।