काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । बुधबार दोस्रो पल्ट मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको र आजबाट हिंडडुल गराउन थालिएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गाैला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।