Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीका कारण गठबन्धन टुट्दैन, हप्ता-दश दिनभित्रमा सरकारले पूर्णता पाउँछ: प्रचण्ड


    बुधबार, असोज ६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन्। 

    पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

    पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष  प्रचण्डले भने, ‘जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन्। वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन।’

    माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष प्रचण्डको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको प्रचण्डले उल्लेख गरे। 

    ‘यथास्थितिमा एमसीसी पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुसन’ गरेर मात्र यसका बारेमा सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’प्रचण्डले बैठकमा भने, ‘एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन ।’ बागमती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने प्रचण्डको भनाइ छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार