गुल्मी । मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँका २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेका छन्।
स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।