काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।