काठमाडाैं । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।
२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन् ।
उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ ।
तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’