काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उपाधि भरतमणी पौडेलले जितेका छन्। उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन्।
विक्की फस्ट रनर अप भएका छन् भने सन्तोष सेकेण्ड रनर अप भएका छन्। उपाधि जितेसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए ।