काठमाडौं । हालको सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारले घोषणा गरेको संविधान दिवस–२०७८ मा भाग नलिने जनाएको छ । संविधानका धेरै धाराहरूमा त्रुटिपूर्ण प्रावधानहरू राखिएको भन्दै जसपाले दिवस नमनाउने भएको हो ।
‘संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ’, अध्यक्ष उपेन्द्र यादवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ समाजवादी पार्टी नेपाल (जसपा) द्धारा जारी बिज्ञप्ति
