Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज अशोज २ गते शनिवारको राशिफल


    शनिबार, असोज २ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ आज अशोज २ गते शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज धर्म, कर्ममा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज आफन्त वा इष्टमित्र संग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । काममा सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

    चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।- ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार