Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु


    शुक्रबार, असोज १ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

    १३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

    उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।

    पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार