Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेञ्चुरी बैंकमा पाँच करोड घोटाला , दोषी राज्यमन्त्रीका भाइ जोगाउन गभर्नर नै सक्रिय


    बिहिबार, भाद्र ३१ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी बैंकमा रेमिटेन्स कारोबारको नाममा पाँच करोड रुपैयाँ अनियमितता भएको छ । तर, बैंकका पदाधिकारीलाई जोगाउन नेतादेखि राष्ट्र बैंकका उच्च अधिकारीसम्म सक्रिय भएका छन् ।  

    मौरिससमा स्थापना भएको एमएण्डएम रेमिटसँग कारोबारका नाममा बैंकको करिब पाँच लाख डलर गुमेको हो । यसमा बैंकिङ कसुर मुद्दामा कारबाही गर्नुपर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेपनि पछि चलखेलका आधारमा रोकिएको छ ।  सेन्चुरी बैंकमा भएको यस्तो अनियमितताको छानबिन गरेर कारबाहीका लागि सुरुमा राष्ट्र बैंकले  नेपाल प्रहरीलाई पत्राचार गरेपछि अर्काे पत्र पठाएर अनुसन्धान तत्काल अघि नबढाउन निर्देशन दिएको स्रोत बताउँछ । 

    सेन्चुरीले उक्त रेमिट कम्पनीसँग गरेको सम्झौताअनुसार नेपालमा भुक्तानी दिएको थियो । तर, मौरिससबाट कम्पनीले पैसा नपठाई बैंकलाई ठगी गरेको हो । कम्पनीको पृष्ठभूमि नबुझी सम्झौता गरेको र लामो समयसम्म भुक्तानी नआउँदा समेत कारोबारलाई निरन्तरता दिएकाले यसमा बैंकको समेत मिलेमतोको आशंका छ । राष्ट्र बैंकको छानबिनमा यसमा संलग्न बैंकका कर्मचारीमाथि कारबाही गर्नुपर्ने प्रतिवदन  ६ महिनाअघि नै तयार भएको । तर, बैंकका सञ्चालकको चलखेलले कारबाही रोकिएको स्रोत बताउँछ ।

    ‘कारबाहीका लागि सिआइबीलाई पत्राचार गर्ने निर्णय समेत भइसकेको थियो,’ राष्ट्र बैंक स्रोत भन्छ,‘पछि एक्कासी प्रहरीलाई नपठाउने बरु राजश्व अनुसन्धान विभागमा पठाउने प्रस्ताव आयो, तर के गर्ने अझै निर्णय भएको छैन ।’ झन्डै पाँच लाख अमेरिकी डलर बराबरको बिदेशी मुद्रा अपचलन भएको भन्दै राजश्व अनुसन्धानतर्फ छानबिन अघि बढाउन खोजिएको थियो ।  यसमा बैंकका कर्मचारीदेखि सञ्चालकसम्म फस्ने भएकाले आर्थिक चलखेलमा राष्ट्र बैंकले त्यससम्बन्धि पत्राचार गरेन । यसमा गभर्नर महाप्रसाद अधिकारीको ठूलो स्वार्थ रहेको स्रोत बताउँछ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले शक्तिकेन्द्रमार्फत कारबाही रोकाएका हुन् । जसकारण बैंकका लगानीकर्ताले ठूलो नोन्सान बेहोर्नुपर्ने भएको छ । सोही प्रकरणका कारण समेत सिइओ तुलसी गौतमले राजीनामा दिएको स्रोत बताउँछ । 

    सिआइबीले अनुसन्धान गर्दा तत्कालिन सिइओसहित धेरै कर्मचारी पक्राउ पर्न सक्ने भएकाले दबाबको भरमा प्रहरीलाई पत्राचार नगरी सामान्य कारबाही गरेर उन्मुक्ति दिने प्रयास भएको थियो । तर, बैंकले आन्तरिक रुपमा मिलाउन राष्ट्र बैंककै अधिकारीहरुले प्रयास गरिरहेका छन् । तर, पाँच करोड रुपैयाँ मिलान नगरी सो कम्पनीविरुद्ध अदालतमा मुद्दा हाल्न लगाएर घटना मिलाउन लागिएको छ । 

    २५ मार्च २०१६ मा सेन्चुरी बैंक र एमएण्डएम रेमिटबीच सम्झौता भएको थियो । एमएण्डएमका मालिक मनिषराज पन्त हुन् । जसको मुख्य कार्यालय मौरिससमै छ । सो कम्पनी हाल बन्द भइसकेको छ । पन्त फरार रहेको स्रोत बताउँछ । ठगीकै नियतले कम्पनी स्थापना भएको देखिन्छ । त्यस्तो कम्पनीसँग सम्झौता गर्ने बैंकका कर्मचारीमाथि समेत कारबाही भएको छैन ।   संस्थागत भ्रष्टाचार भएकाले नै बैंक वाणिज्य बैंकमध्ये बसैभन्दा पुछारमा छ । यसमा राष्ट्र बैंकको समेत मिलेमतो देखिएपछि बैंक झन् संकटमा पर्ने देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार