Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापमा जीप दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते


    बिहिबार, भाद्र ३१ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रामेछाप । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जीपमा रहेका चार जनामध्ये तीन जनाको ज्यान गएको र एक जना बालक घाइते भएका प्रहरीले जनाएको छ ।

    जीपमा सवार चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्वा शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले अप्ठेरो बाटोमा तीब्र गति भएका कारण जीप दुर्घटना भएको हुनसक्ने बताए। उनका अनुसार जीप घुम्तीमा दुर्घटना भएको थियो ।

    घाइते बालकको उपचार चलिरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका–६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार