वीरगञ्ज । कन्हैयाप्रसाद सोनारले संचालन गरेकाे वीरगञ्ज-६ माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ ।
अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार पसलमा खानतलासी गरि स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगदसहित सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेकाे छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।