Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार गठनबारे तालिबानी नेताहरुबीच चर्काचर्की, राष्ट्रपति भवनभित्रै यसरी पर्यो लफडा


    बिहिबार, भाद्र ३१ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बताएका छन्।

    राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्।

    बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको  बीबीसीले उल्लेख गरेको छ। तर, यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ।

    गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई ‘इस्लामिक इमिरात’ घोषणा गरेको छ।

    नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार