एजेन्सी । स्टार फरवार्डहरु (लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे)ले भरिएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
बुधबार राति च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बेल्जियनको क्लब ब्रुग्ससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको १५ औं मिनेटमा पीएसजीले अग्रता लिएको थियो। जसमा आन्द्रे हेरेराले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
त्यसपछि घरेलु टोली क्लब ब्रुग्सका लागि हन्स भानाकेनले २७ औं मिनेटमा बराबरी गोल फर्काए ।
त्यसपछि बाँकी समयमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन्। दुवै टोली ले बराबरी खेल्दै सो समूहमा समान एक अंक जोडेका छन् ।