काठमाडाैं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ ।
देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो ।
भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नव नियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको जानकारी दिए ।
‘दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ,’ निरौलाले भने, ‘सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध छौं ।’