Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जतिन्दरको विष्फोटक पारीमा नेपालको फितलो प्रदर्शन, ५ विकेटले पराजित


    बुधबार, भाद्र ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । ओमानका लागि जतिन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दै १०७ रनको शतकीय पारी खेले ।

    त्यस्तै अर्का खेलाडी आयन खानले १८ रन, सुरज कुमारले २० रन, शोयम खानले ७, जिसन मसुदले ४ रन बनाउँदा मोहम्मद नादिमले ३८ रन बनाए।

    बलिङमा नेपालका करण केसी र कुशल मल्लले २–२ विकेट लिँदा सुशन भारीले एक विकेट लिए। 

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन बनायो। नेपालका लागि आरिफ शेखले ९० रनको सानदार पारी खेले। उनले १ सय १२ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए।

    सन्दीप लामिछाने १६ रनमा रन आउट हुँदा सोमपाल ७ रनमा रनआउट भए। विनोद भण्डारीले ६ रन, कुशल मल्लले ४ रन, करन केसीले २१ र सुशन भारीले २ रन बनाए।

    बलिङतर्फ ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार