Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूईएफए च्याम्पियन्स लिग : रोनाल्डोको गोलका बाबजुद युनाइटेड पराजित


    बुधबार, भाद्र ३० २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी।  यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले स्विस टोली योङ ब्वाइजसँग हारको सामना गरेको छ ।

    मंगलबार राति योङ ब्वाइजको घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा सिमित रहेको युनाइटेड २-१ ले पराजित भएको हो ।

    पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सिमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो ।

    खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो । २५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो ।

    दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । 

    इन्ज्युरी समयको पाँचौ मिनेटमा युनाइटेडका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिन सफल भएको थियो । यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार