काठमाडाैं । रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
वैदेशिक रोजगार विभागले सोमबार लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् ।
भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ ।
असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुने जनाइएको छ । उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।
इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।
उत्तीर्ण हुनेहरुको सूची