काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सूनको मूल्य आज स्थिर रहेको हो ।
सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रही तोलाको १२ सय रुपैयामा नै कारोबार भइरहेको छ ।