Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायल जानेको भाषा परीक्षा आजदेखि, रिजल्ट दुई दिनभित्रै निकाल्ने विभागको तयारी


    सोमबार, भाद्र २८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आजबाट सुरु हुने भएको छ। 

    इजरायलमा दीर्घकालीन सेवामा रोजगारीका लागि गरिने अंग्रेजी भाषाको परीक्षा वैदेशिक रोजगार विभागले तोकेको मितिमै हुने भएको हो ।

    विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने र रिजल्ट दुईदिन भित्रै निकालिने जनाएको छ । जसमध्ये इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको विभागले जनाएको छ। 

    साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो।

    विभागका अनुसार आजको लिखित परीक्षा पास गरेपछि विभागले मौखिक गर्छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।

    परीक्षा काठमाडौंका विभिन्न  ११ वटा स्थानमा १६ वटा केन्द्रहरु तोकिएको छ ।

    Israel_Exam_Center-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार