Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्जिकल सप्लायर्स हुँ भन्दै ४२ लाख ठगेको आरोपमा ललितपुरबाट एक जना पक्राउ


    आइतबार, भाद्र २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । महानगरीय अपराध महाशाखाले आफूलाई सर्जिकल सामाग्री सप्लायर्स हुँ भन्दै ठगी गर्दै हिड्ने व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर -४ बागडोलका ४२ बर्षीय सरल राना, उमेश नकर्मी र सन्दीप थापा रहेका छन् । उनीहरुलाई गत शुक्रबार महाशाखाको टोलीले बागडोलबाट पक्राउ गरेको हो । 

    उनीहरूले काठमाडौंको त्रिपुरेश्वरस्थित किपु साइन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र विक्रम देउवालाई भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनधि भएको र विभिन्न साइजका सर्जिकल ग्लोब्स उपलब्ध गराइदिने भन्दै बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

    तर उनीहरुले १०० प्रति ग्लोब्स भएको ८ हजार बक्स पठाइदिने भनेकोमा साइज, परिमाण र लेबल नभएको गुणस्तरहीन ५० प्रति ग्लोब्स भएको बक्स मात्रै पठाएर ठगी गरेको देखिएको महाशाखाले बताएको छ ।

    पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको र अन्य आरोपी उमेश नकर्मी र सन्दीप थापाको भने खोजी भइरहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार