काठमाडौं । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरूको सम्बोधन भैसकेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कतिपय माग सम्बोधन भैसकेको र केही मागहरू अध्ययनकै क्रममा रहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।
अहिले पनि आन्दोलित पक्षले इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा अवरुद्ध गरिरहेको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् ।
प्रवक्ता पौडेलले पदाधिकारीको कारबाही र उच्चस्तरीय छानबिन आयोग प्रतिष्ठानको सिनेटबाट कार्यान्वयन गरिने प्रष्ट्याएका छन् ।