काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।
आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे बैठकमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने स्राेतले बताएकाे छ ।
यस्तै बैठकमा एमालेकाे अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा पनि छलफल हुने छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरोध गरिरहेको छ ।