Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, जेष्ठ १३ २०७७
    890
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, १३ जेठ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति कैलालीको जानकी गाँउपालिका १ का ३८ वर्षीय पुरुष हुन् ।

    गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार ६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको हो ।

    भारतबाट जेठ ३ गते कैलाली आएका उनी जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए ।

    १६ जनामध्ये ४ जनालाई संक्रमण देखिएको छ उनले भने अन्य को रिपोर्ट आउन बाँकी छ । यसअघि यसै क्वारेन्टाइनमा बसेका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    योसंगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार