Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखलाई माइकले हान खोज्ने सांसद भन्छिन्- सभामुखको टाउको फुटाउन याेजना थियाे, मौका मिलेन


    शुक्रबार, भाद्र २५ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । रौतहटबाट समानुपातिकमा निर्वाचित भएकी नेकपा एमालेकी सांसद रेखाकुमारी झाले आज आफूहरूकाे सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रमण गर्ने याेजना भएकाे खुलासा गरेकी छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले आज सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी हुन् ।

    आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गर्दै सांसद झाले पत्रकारहरुसँग भनिन्, ‘आज सभामुखको टाउको नै फुटाउन खोजेको थिए, तर मिलेन’ उनले भनिन्, ‘ संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ 

    उनले आजको उक्त मौका नमिलेपनि आगमी बैठकमा मौका मिल्नेबित्तिकै हान्ने समेत बताएकी छन् । 

    आफूहरुको नाराबाजीका बीच सदनको कामकारबाही अगाडि बढाएपछि रुष्ट भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा रोष्ट्रममै उक्लने प्रयास गरेका थिए ।

    उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास गरेका थिए तर मर्यादापालकहरूले सफल हुन दिएनन्

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार