काठमाडाैं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।
शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेकाे स्राेतले बताएकाे छ ।
मेयर विद्यासुन्दर शाक्यका अनुसार उनले किन त्यसो गरेको भन्ने जानकारी भइसकेकाे छैन ।
‘सुनेको चाहिँ छु । म बाहिर कार्यक्रममा आइरहेको हुँदा सबै डिटेलमा बुझ्न पाएको छैन,’ उनले भने,’किन, के-कति क्षति भयो भन्ने कुरा रिपोर्टिङ भइसकेको छैन ।’
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले सामान्य विवादको मात्रै खबर आएको बताएका छन् ।