काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा २ सय २१ जनाको लागि नयाँ विज्ञापन खोलेको छ ।
शुक्रबार प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा उक्त संख्या माग गर्दै विज्ञापन खाेलेकाे हाे ।
विज्ञापन अनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ भने सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जनाले जागिरकाे अवसर पाउने छन् ।
यस्तै, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ भने भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।
विज्ञापन अनुसार दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ ।
माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् । प्रहरी प्रधान कार्यालयले उक्त सूचना गाेरखापत्रमा प्रकाशित गरेकाे छ ।