काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोलीसँगको भेटमा एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।
बिहिबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीबारे उनले यस्तो बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहितको फातिमाको जिज्ञासामा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको बताएको भट्टराई बताउछन्।
भट्टराईका अनुसार दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष ओलीले एमसीसी अगाडि लैजाने विषयमा आफूहरु सरकारमा हुँदा भएको भूमिका र अहिलेको भूमिका फरक रहेको बताए । ‘त्यतिबेला हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ,’ ओलीको भनाइ उल्लेख गर्दै भट्टराईले भने, ‘अहिले हामी त विपक्षमा छौं ।
छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी थिए ।
यस्तै, भट्टराईका अनुसार भेटमा अध्यक्ष ओलीले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend