Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी उपाध्यक्षलाई कोटेश्वरमा कालो झण्डा देखाउन खोज्ने १५ जना पक्राउ


    बिहिबार, भाद्र २४ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चौतर्फी बिरोध भइरहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

     आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले   कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो ।

    सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार