Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्खुवासभा  हत्या प्रकरण : विदेशबाट छोरा फर्किए, मृतकको सामूहिक दाहसंस्कार


    बिहिबार, भाद्र २४ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सङ्खुवासभा । जिल्लाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए । 

    बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए । 

    मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, छोरा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

     घटनाको थप अनुसन्धान गरिँदै 

    घटनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सामूहिक हत्या भएको घटनास्थलमादी–१ खोलागाउँमा पुगेका छन् । बीभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै गएपछि डीआईजी बीसी बुधबार साँझ मादी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

    डीआईजी बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका छन् । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरीको सक्रिय रुपमा लागेको डीएसपी सुवेदीले बताए । उनी आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ । 

     गाउँ शोकमा 
     
    परिवारै सखाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ  । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ सङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार