Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक


    बुधबार, भाद्र २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको  पुस्तक ‘राणाकालीन शिक्षा’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । 

     शिक्षा सचिव थपलियाले पुस्तकले राणाशासनकालमा शिक्षाको अवस्थाबारे जानकारी दिने बताउनुभयो । लेखक अधिकारीले पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा शिक्षाको विकासक्रमबारे खोजमूलक तथा ऐतिहासिक सामग्रीसहित पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएको बताउनुभयो । 

     निरङ्कुश शासकले उच्च शिक्षामा जनताको पहुँचमा किन र कसरी पु¥याए भन्ने कुरा पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो । पुस्तकमा राणाशासनकालमा स्थापना भएका विद्यालयबारे पनि उल्लेख गरिएको छ । लेखक अधिकारीले नेपालको शिक्षाको इतिहास जान्न खोज्नेका लागि पुस्तक उपयोगी हुने बताउनुभयो । 

     यस्तै पुस्तकमा कन्या शिक्षा, कला पाठशाला, प्रौढ शिक्षा, आधार शिक्षा, मन्टेसरी शिक्षा, संस्कृत शिक्षा, स्रेस्ता पाठशाला र पास जाँच अड्डालगायत विभिन्न १५ विषयमा लेखिएको छ । यसअघि उहाँले ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशित गर्नुभएको थियो । लेखक अधिकारी शिक्षा पत्रकार सञ्जालका अध्यक्षसमेत हुनुहुन्छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार