काठमाडौं । बजारमा देखिएको चरम तरलता अभावलाई कम गर्न राष्ट्र बैङ्कले तत्काल २ अर्ब ६५ करोड रुपैयाँ पैसा बजार पठाउने भएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले उक्त पैसा बजार पठाउन लागेको हो ।
बजारमा पठाउन लागिएको उक्त रकम लिनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ ।
राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषर उपदान तथा पेन्सन कोषमा रहेको रकम बजार पठाउने भएको हो । यसका लागि ‘ग’ वर्गका वित्तीय संस्थाले १३ करोड २५ लाख रुपैयाँ रकमका लागि आवेदन गर्न सक्छन् ।
यस्तै, राष्ट्रिय स्तरका ‘ग’ वर्गका विकास बैङ्कले ३९ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कले २ अर्ब १२ करोड रुपैयाँमा रकम राष्ट्र बैङ्कमार्फत लिन सक्नेछन् ।