Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, भाद्र २३ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सूनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाले घटेको थियो । 

    मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाले घटेर तोलाको १२ सय २० रुपैयामा कारोबार भइरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार