Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी र एकीकृत समाजवादीले नाम दिने बितिक्कै सरकारले पूर्णता पाउँछ : देउवा


    मंगलबार, भाद्र २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम पठाउने बितिक्कै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

    आज (मंगलबार) नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन् ।

    ‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ’, देउवाले बैठकमा भने ।

    गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार