Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले विभाजित दल रोज्न दिएको समय आज सकिँदै


    मंगलबार, भाद्र २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज साँझ ५ बजे सकिँदैछ। 

    सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) आयोगमा दर्ता भएका थिए। 

    आयोगले गत भदौं ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको थियो। 

    यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि आयोगले २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँदैछ। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन। 

    यसका लागि केन्द्रमा निर्वाचन आयोगमा, प्रदेशमा आयोगको प्रदेश कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न सकिने व्यवस्था गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार