Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबुराम भट्टराईले भने – अमेरिकासँग चिठी आदानप्रदान गरी एमसीसी कार्यान्वयन गरौँ


    सोमबार, भाद्र २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन आह्वान गरेका छन् ।

    पछिल्लो समय एमसीसी पारित गर्न खोजेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना भइरहेको बेला भट्टराईले आइतबार राती सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    एमसीसीमा राष्ट्रिय सहमति गर्नुपर्ने बताउदै उनले अमेरिकासँग चिठी आदानप्रदान सहित कार्यान्वयन आह्वान गरेका छन् ।

    उनले लेखेका छन् – ‘यसमा राष्ट्रिय सहमति गरौँ : उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं !  युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ। ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार