खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारी दिए ।
सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
जिल्लामा छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ , साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो ।
वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend