Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या, एक जना घाइते


    सोमबार, भाद्र २१ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा  । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

    प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार स्थानीय तेजबहादुर कार्कीको घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

    परिवारका ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् भने एक घाइते राईले बताए ।

    मादी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार एक बृद्ध घाइते भएका छन् घाइते भएका बृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए । 

    प्रहरीका अनुसार घटनाको थप विवरण बुझ्नका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार