Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै


    सोमबार, भाद्र २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक(अतिरिक्त)को दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।

    गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ ।

    नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ अधिकृतहरुले आक्रोश व्यक्त गरेका छन् ।

    नेपाल प्रहरीमा तल्लो तहका प्रहरी अधिकृत तथा जवानको वृत्ति विकासमा सरकारले अहिलेसम्म ध्यान दिन सकेको देखिँदैन । पहुँचका आधारमा दरबन्दी थप गरेर सरकारले अर्को अलोकप्रिय निर्णय गर्न लागेको भन्दै सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार