Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बनेपाको पुलबजार डुबानमा – साना गाडी सडकमै पुरिए, राजमार्ग पूर्णरुपमा ठप्प


    सोमबार, भाद्र २१ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार रातिदेखि परेको भारी वर्षासँगै काठमाडौं उपत्यका र आसपासका क्षेत्रका नदी किनारहरुमा बाढी आएको छ। 

    भारी वर्षाका कारण उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने तथा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। 

    यता भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले बताएको छ।

    होचो भू–भागमा रहेका घर डुबानमा परेका छन् छन्। खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ।

    यसैगरी चितवनको माडी क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ।  सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार