काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको १ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हाे ।
शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ३० रुपैयामा कारोबार भइरहेको छ ।