Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित सिरहाबाट एक जना पक्राउ


    शुक्रबार, भाद्र १८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ का २६ वर्षीय मोहम्मद नियाज सेख हुन् ।

    उनलाई  शुक्रबार सिरहा नगरपालिका–१७ काली चोकबाट ब्राउन सुगरसहित हरीले पक्राउ गरेको हो ।

    चेकजाँच गर्ने क्रममा सेखको साथबाट १० ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    पक्राउ परेको सेखमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार