काठमाडौं, । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने शर्त राखेको उनको सचिवालयले जनाएको छ ।
आज (शुक्रबार) गौतमतको स्वकीय सचिव दीपक टमटाले वक्तव्य जारी गर्दै जबज बाहेक अरु शर्त नराखेको जानकारी दिएका छन् ।
‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनु पर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ’, उनले भनेका छन् ।
(एकीकृत समाजवादी) ले जबज नमाने आफू उक्त पार्टीमा नजाने उनले बताउँदै आएका छन् । त्यसो त (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले जबज नछोडेको बताउँदै आएका छन् ।
गौतमले शुरुमा माधव नेपालले विद्रोह गरेर अर्को पार्टी बनाएमा सघाउने वचन दिएका थिए । नेपाल पक्षको समानान्तर गतिविधिप्रति असहमति जनाएर बेग्लै एकता अभियान चलाएका गौतमले पार्टी विभाजन हुने बेलामा माधव नेपालसँग भएको छलफलमा आफूलाई सहअध्यक्ष बनाइनुपर्ने शर्त राखेका थिए ।
तर, नयाँ पार्टी दर्ता भइसकेपछि विधानमा सहअध्यक्षको व्यवस्था नभएको भन्दै गौतमले अब सहअध्यक्ष चाहिँदैन, बरिष्ठ उपाध्यक्ष भए पनि हुन्छ भने । तर, जबजलाई मार्गदर्शक सिद्धान्त नबनाएसम्म पार्टीमा लाग्न नसक्ने गौतमले बताए ।
यसैबीच, नेता गौतमले अब राज्यको पुनसंरचना गरिनुपर्ने र संघीयतालाई पनि परिमार्जन गरिनुपर्ने बताएका छन् । तर, एकीकृत समाजवादी पार्टीमा प्रवेशका लागि संघीयता परिमार्जनलाई आफूले शर्त नबनाएको नेता गौतमले स्पष्ट पारे ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend