Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यार्सागुम्बाको अवैध कारोबारमा संलग्न ठूलै समूह पक्राउ


    शुक्रबार, भाद्र १८ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । महानगरीय अपराध महाशाखाले १ किलो ८ सय ५० ग्राम यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । यर्सागुम्बाको अवैध कारोबार गर्नेहरुमध्ये यसलाई प्रहरीले ठूलै गिरोहका रुपमा लिएको छ ।

    पक्राउ पर्नेहरुमा गोरखाका डुण्डुप गुरुङ, लमजुङका बेलबहादुर थापा र कृष्ण परियार छन् भने प्युठानका दानबहादुर जीसी छन् । 

    उनीहरुलाई महाशाखाको टोलीले बिहीबार दिउँसो गोप्य सूचनाको आधारमा डुण्डुपको डेराबाट नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार उनीहरुको साथबाट १ केजी ८५० ग्राम यार्सागुम्बासहित नगद ८ लाख समेत फेला परेको छ ।

    उनीहरुलाई आबश्यक कारवाहीका लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार