काठमाडौं, २२ फागुन ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले राजीनामा दिएका छन् ।
उनले दिएको राजीनामा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ । ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा शोभाकान्त ढकाल, रामकुमार सुवेदीहरुले दर्ता गरेको बिषयमा पहिलो पटक सार्वजनिक रुपमा बहसमा ल्याउने काम कोइरालाले नै गरेका थिए ।
कोइरालाले नै तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ललिता निवासको बारेमा जानकारी गराएपछि पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समिति बनाइएको थियो । त्रिताल समितिले ललिता निवासको जग्गा सरकारकै भएको र सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने गराउनेहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सीआइबीबाट कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको थियो । सरकारले त्यही प्रतिवेदनका आधारमा अख्तियार र सीआइबीलाई कारबाही गर्न निर्देशन दिएको थियो । र, अख्तियारले ललिता निवास जग्गा प्रकरणमा संलग्न पूर्वउपप्रधानमन्त्री बिजय गच्छदारसहित १ सय ७५ जनाबिरुद्ध गएको माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
ललिता निवासको जग्गा प्रकरण लगत्तै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोग गठन भएको थियो । उक्त आयोगमा कोइरालालाई सरकारले कानूनी सल्लाहकारमा नियुक्त गरेको थियो । आयोगको कानुनी सल्लाहकार भएपछि आफ्नाबारेमा भूमाफियाहरुले अफवाह फैलाएकाले राजीनामा दिएर पुनः सरकारी जग्गा संरक्षणका लागि आवाज उठाउने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend